नियम
प्रेस प्रतिनिधिको प्रमाणपत्र
(१) कुनै नेपाली वा विदेशी प्रेस वा सञ्चालन सम्बन्धी संस्थाले
नेपाल ……. भित्र काम गर्ने आÇनो प्रतिनिधिहरूको विवरण अनुसूची– ९ बमोजिमको
ढा“चामा महानिर्देशक समक्ष पठाउनु पर्नेछ ।
(२) प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधिको प्रमाणपत्र लिन चाहने व्यक्तिले आफू
काममा संलग्न रहेको संस्थाको सिफारिस साथ नियम १५ मा उल्लेखित योग्यताको प्रमाणपत्र
समेत संलग्न राखी अनुसूची–१० बमोजिमको ढा“चामा महानिर्देशक समक्ष दरखास्त दिनु
पर्नेछ ।
तर प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधिको प्रमाणपत्र लिन चाहने विदेशी
नागरिकले योग्यताको प्रमाणपत्र पेश गर्न आवश्यक पर्ने छैन ।
(३) उपनियम (२) बमोजिमको दरखास्त प्राप्त भएपछि महानिर्देशकले उक्त दरखास्त
उपर आवश्यक जा“चबुझ गरी आÇनो राय सहित सो दरखास्त नेपाल सरकार, सञ्चार
मन्त्रालयमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएको दरखास्त उपर नेपाल सरकार,
सञ्चार मन्त्रालयले दरखास्तवालालाई माग बमोजिमको प्रमाणपत्र दिने स्वीकृति दिन
सक्नेछ ।
(५) उपनियम (४) बमोजिम दरखास्तवालालाई प्रमाणपत्र दिने गरी नेपाल सरकार,
सञ्चार मन्त्रालयबाट स्वीकृति भएमा महानिर्देशकले नियम १२ बमोजिमको दस्तुर लिई
दरखास्तवालालाई अनुसूची–११ बमोजिमको ढा“चामा प्रेस प्रतिनिधि वा अस्थायी प्रेस
प्रतिनिधिको प्रमाणपत्र दिनेछ ।